प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का प्रमुख सल्लाहकार कुमार बेनले गोप्य रूपमा नयाँदिल्ली भ्रमण गरेको भन्ने चर्चा भारत सरकारले अस्वीकार गरेको छ।
मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त दाबीबारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन्।
पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘त्यसबारे मलाई कुनै जानकारी छैन।’
यसैबीच, उनले भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भारत भ्रमणका लागि निमन्त्रणा दिएको जानकारी पनि दिए।
प्रतिक्रिया दिनुहोस