परराष्ट्र मन्त्रालयले लिपुलेक हुँदै भारतले सञ्चालन गरेको मानसरोवर तीर्थयात्रा मार्गबारे नेपालले आफ्नो धारणा कूटनीतिक माध्यमबाट स्पष्ट पारिसकेको जनाएको छ।
भारतबाट पनि कूटनीतिक नोटमार्फत जवाफ प्राप्त भएको र दुवै देश सीमा विवाद वार्ताबाट समाधान गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीले संसदमा गरेको ‘कतिपय स्थानमा भारतको जग्गा नेपालतर्फ हुन सक्ने’ भन्ने अभिव्यक्ति सीमा क्षेत्रमा देखिएको क्रस बोर्डर अकुपेसन र दशगजा अतिक्रमणसँग सम्बन्धित हो।
प्राविधिक अध्ययनले केही स्थानमा दुवै देशका नागरिकले एकअर्काको भूभाग उपयोग गरिरहेको अवस्था देखाएको भन्दै उक्त भनाइको सन्दर्भ त्यही रहेको स्पष्ट पारिएको छ।
नेपाल सरकारले ऐतिहासिक सन्धि, नक्सा र कूटनीतिक वार्ताका आधारमा सीमा समस्या समाधान गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस