२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

मंगलवार, जेठ ५ २०८३०७:०९

 मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट साेमबार पक्राउ परेका छन्। उनलाई वीरगञ्जको दियालो होटलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ।

उनलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको स्राेतले जनाएकाे छ। उनी पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे थाहा नभएको स्राेत बताउँछ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गरेका थिए । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij