२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

Rajendra Luitel

विश्वकिर्तिमानी राजेन्द्र लुईटेललाई भारतको गोवामा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान

भव्य अन्तर्राष्ट्रिय समारोहबीच प्रतिष्ठित “युनिभर्सल वर्ल्ड बुक अफ रेकर्ड” बाट विशेष सम्मान

आइतवार, जेठ ३ २०८३११:०२

काठमाडौं । नेपालका चर्चित सञ्चारकर्मी, विश्व कीर्तिमानी व्यक्तित्व तथा कार्यक्रम व्यवस्थापन क्षेत्रका अग्रणी अभियन्ता राजेन्द्र लुईटेल (राज) लाई भारतको पर्यटकीय राज्य गोवामा आयोजित एक भव्य अन्तर्राष्ट्रिय समारोहबीच प्रतिष्ठित “युनिभर्सल वर्ल्ड बुक अफ रेकर्ड” बाट विशेष सम्मान प्रदान गरिएको छ ।

भारत तथा विश्वभरका सयौं प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा गोवाको प्रसिद्ध बागा बीचमा आयोजित भव्य समारोहमा उहाँलाई अवार्डसहित सम्मान गरिएको हो । कार्यक्रम व्यवस्थापन संघ, नेपालका संस्थापक अध्यक्षसमेत रहेका लुईटेललाई भारतीय जनता पार्टीका माननीय मन्त्री देलिल्या, अन्तर्राष्ट्रिय व्यक्तित्व डा. शिखा नरुला, अभिषेक सिंहलगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त सम्मान प्रदान गरेका थिए ।

आयोजक संस्थाका अनुसार विश्वभरका विभिन्न प्रतिष्ठित रेकर्ड तथा सम्मान संस्थाहरूबाट प्राप्त उपलब्धि, योगदान र अन्तर्राष्ट्रिय मूल्यांकनका आधारमा उहाँलाई यो विशेष सम्मान प्रदान गरिएको हो । नेपालको गौरवका रूपमा स्थापित राजेन्द्र लुईटेलले विश्वकै सर्वोच्च शिखर क्षेत्र सगरमाथाको कालापत्थरमा पत्रकार सम्मेलनमा सहभागी हुनुभएको थियो । साथै विश्वकै सर्वाधिक उचाइमा म्युजिक भिडियो निर्माण गरी अन्तर्राष्ट्रिय रेकर्ड संस्थाहरूको ध्यान आकर्षित गर्न सफल हुनुभएको छ । उहाँको यही साहसिक, सिर्जनात्मक तथा ऐतिहासिक योगदानका कारण उहाँ विश्व कीर्तिमानी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।

उहाँ केवल सञ्चारकर्मी मात्र होइन,  गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल, बहुआयामिक प्रतिभाका धनी व्यक्तित्व पनि हुनुहुन्छ । नेपालमा “इभेन्ट म्यानेजमेन्ट” लाई औपचारिक र व्यवस्थित पेशाका रूपमा स्थापित गर्ने अभियानमा उहाँको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ । कार्यक्रम व्यवस्थापन संघ, नेपालमार्फत उहाँले सयौं युवालाई व्यावसायिक अवसर, नेतृत्व क्षमता तथा व्यवस्थापन सीप विकासमा प्रेरित गर्दै आउनुभएको छ ।

 सञ्चार, कला, साहित्य, सामाजिक सेवा तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान उल्लेखनीय छ । विशेषगरी कोभिड–१९ महामारीको कठिन समयमा देशका विभिन्न जिल्लामा राहत वितरण, स्वास्थ्य सामग्री आपूर्ति, खाद्यान्न सहयोग तथा सामाजिक सेवाका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै दैनिक १० हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष सहयोग पुर्‍याउन सफल हुनुभएको थियो ।

56440191_2408277835871470_625847090886475776_n.jpg

राजेन्द्र लुईटेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा कार्यक्रम परामर्शदाता, पत्रकार, लेखक, आयोजक तथा प्रेरणादायी वक्ताका रूपमा समेत विशिष्ट पहिचान बनाइसक्नुभएको छ । उहाँले आयोजना तथा व्यवस्थापन गरेका कार्यक्रमहरूले नेपालमा मञ्च संस्कृति, प्रस्तुति शैली, सार्वजनिक संप्रेषण प्रणाली तथा कार्यक्रम व्यवस्थापन क्षेत्रमा गुणात्मक परिवर्तन ल्याएको विभिन्न क्षेत्रका विश्लेषकहरू बताउँछन् । उहाँलाई यसअघि पनि विश्वप्रसिद्ध संस्थाहरूबाट सम्मानित गरिसकिएको छ ।

गिनिज वर्ल्ड रेकर्ड्स, अमेरिकन बुक अफ रेकर्ड्स, द ब्रिटिश वर्ल्ड रेकर्ड्स (यूके), युरोपियन रेकर्ड्स बुक, युनिभर्सल वर्ल्ड रेकर्ड्स (भारत), दादासाहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड, महात्मा गान्धी इन्टरनेशनल अवार्ड, एपीजे अब्दुल कलाम सेवा सम्मानलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त सम्मानहरूले उहाँको व्यक्तित्वलाई अझ उचाइमा पुर्‍याएको छ । उहाँको दीर्घकालीन योगदान, कुशल नेतृत्व, सफल व्यवस्थापन क्षमता तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गराउन खेलेको भूमिकाको उच्च प्रशंसा गरिएको थियो ।

राजेन्द्र लुईटेल (राज) ले आफ्नो कर्म, समर्पण, सिर्जनशीलता र दूरदृष्टिका माध्यमबाट नेपाली समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै आउनुभएको छ ।

उहाँको योगदानले नयाँ पुस्तालाई सिर्जनात्मक सोच, सामाजिक उत्तरदायित्व, राष्ट्रिय भावना र विश्वस्तरीय प्रतिस्पर्धाको मार्गमा अघि बढ्न प्रेरणा दिएको छ । नेपालको कार्यक्रम व्यवस्थापन, सञ्चार तथा सामाजिक अभियानको क्षेत्रमा उहाँले निर्माण गर्नुभएको उचाइ र स्थापित गरेको पहिचान वास्तवमै नेपाली समाजका लागि गौरवको विषय बनेको छ । 

सम्बन्धित विषय:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij