नेपाली कांग्रेसले कर्णाली प्रदेशमा समीक्षा भेला आयोजना गर्ने भएको छ। उक्त भेला सुर्खेतमा हुने पार्टीले जनाएको छ।
भेलामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सहभागी गराइनेछ। कार्यक्रममा पार्टी सभापति गगन थापा ले सम्बोधन गर्नेछन्। साथै उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत केन्द्रीय पदाधिकारीहरूको समेत सहभागिता रहनेछ।
कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश सभापति तथा पदाधिकारीहरू, प्रदेश संसदीय दलका नेता र सुर्खेत जिल्लाका पदाधिकारीहरूको बैठकले भेलाको व्यवस्थापकीय तयारी पूरा गरेको छ।
भेला आगामी २८ गते उद्घाटन गरिनेछ, जहाँ नेताहरूले सम्बोधन गर्नेछन्। त्यसपछि २९ गते विभिन्न ६ वटा विषयगत समूहमा छलफल हुने कार्यक्रम तय गरिएको छ।
प्रदेशस्तरीय यस प्रशिक्षण तथा समीक्षा भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनेछ भने स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यसम्पादनबारे पनि छलफल हुनेछ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्लामै भेला आयोजना हुन लागेको भन्दै यसलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस