२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

पोखराका पाँच क्षेत्रमा प्रहरीको ‘स्वीप अप्रेसन’, १२२ जना नियन्त्रणमा

बिहिवार, बैशाख १० २०८३०४:०३

जिल्ला प्रहरी कार्यालय कास्कीले गए राति पोखराका पाँच विभिन्न क्षेत्रमा ‘स्वीप अप्रेसन’ सञ्चालन गरेको छ। उक्त अप्रेसनका क्रममा अवैध गतिविधिमा संलग्न १२२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने तथा गाँजा लगायतका अवैध लागूऔषध सेवन गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये ८२ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको छ भने केहीको साथबाट गाँजा समेत बरामद गरिएको छ।

अभियान बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा एकैसाथ सञ्चालन गरिएको थियो। तीमध्ये बैदामबाट ३९ जना, राजबजारबाट ४० जना, शिशुवाबाट २० जना, बगरबाट १२ जना र जिल्ला प्रहरी कार्यालय आसपासबाट ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबै पुरुष हुन् र अधिकांश युवा उमेर समूहका छन्। यसअघि पनि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने तथा ठगीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij