२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

मुक्तिनाथ क्षेत्रमा हिमपात

आइतवार, चैत्र २२ २०८२०१:५४

मुक्तिनाथ (मुस्ताङ), चैत २२ गते – मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) बाट घर विदामा आएका प्रदिप सुबेदीलाई आइतबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिर पुग्न वर्षा र हिमपातले कठिनाइ भएको छ।

पोखराबासी सुबेदी परिवार र आफन्तसँग दर्शनका लागि मन्दिर पुगेका थिए। गए रातिदेखि परेको हिमपातले मुक्तिनाथ मन्दिरसहित आसपास क्षेत्र हिउँले छोपिएको छ। तिर्थालु सुबेदीले भन्नुभयो, “दर्शनसँगै हिउँमा खेल्ने अवसर पनि मिल्यो, चैतमा हिउँ परेकोमा स्थानीय समेत खुसी छन्।”

यस वर्ष मुक्तिनाथ क्षेत्रमा यो पाँचौं पटक हिमपात भएको हो। हिमपातका कारण विहानको समयमा पदमार्ग, मन्दिर परिसर तथा आसपास क्षेत्रमा पैदल यात्रा कठिन भएको भए पनि मौसम सुधार भएपछि अवस्था सामान्य भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भुषालले बताउनुभयो।

हिमपातका कारण मन्दिर, रानीपौवा र खिङ्गा क्षेत्रमा रहेका तीर्थयात्री तथा पर्यटक सहज आवत–जावत गरिरहेको वारागुङ मुक्तिक्षेत्र–१ का वडा अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार, “अहिले मन्दिर क्षेत्रमा तिर्थालुहरूको भिड बढेको छ, पहिलाको जमेको हिउँ नपग्लिँदै नयाँ हिमपात भएपछि केही दिन त्यहाँ हिउँ रहन्छ।”

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने थासाङ, घरपझोङ क्षेत्रमा वर्षासँगै सामान्य हिमपातले विहानको समयमा जनजीवन कष्टकर बनेको छ। तर, लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकालाई जोड्ने कागबेनी–लोमान्थाङ–कोरला सडकमा हिउँ परेको भए पनि यातायात नियमित रूपमा सञ्चालन भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij