२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थको सम्पत्ति छानबिन सुरु

आइतवार, चैत्र १५ २०८२०१:०४

काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन प्रक्रिया सुरु गरेको छ।

सरकारी स्रोतका अनुसार आइतबारदेखि नै सम्बन्धित निकायलाई निर्देशन दिँदै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अगाडि बढाइएको हो। विगतमा उच्च पदमा पुगेका नेता, कर्मचारी तथा अकुत सम्पत्ति आर्जन गरेको आशंकामा रहेका व्यक्तिहरूलाई केन्द्रमा राखेर छानबिन थालिएको जनाइएको छ।

‘पूर्वप्रधानमन्त्रीहरू, तिनका परिवार र अन्य उच्च पदस्थ व्यक्तिहरू सबैको सम्पत्ति खोजबिन सुरु गरिएको छ,’ स्रोतले जनाएको छ।

सरकारले यस प्रक्रियामा कसैलाई पक्षपात नगरी निष्पक्ष रूपमा अनुसन्धान गरिने स्पष्ट पारेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले छानबिन अघि बढाएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij