२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

बुढीगंगा नगरपालिकाको मतदान केन्द्रमा तनाव, प्रहरीले गर्‍यो हवाई फायर

बिहिवार, आषाढ २३ २०७९०१:११

बाजुराको बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचन तनाव सिर्जना भएको छ। बिहीबार बुढीगंगामा मतदान जारी छ। त्यसक्रममा बिहीबार दिउँसो ११:५५ बजे एउटा मतदान केन्द्रमा तनाव सिर्जना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए। वडा नम्बर ९ स्थित त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा तनाव सिर्जना भएको हो।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही हवाई फायर पनि गरेको छ। यद्यपि कति राउन्ड हवाई फायर गरेको भन्ने खुलिसकेको छैन। ‘मतदान केन्द्रमा मत हाल्न खोज्ने क्रममा दुई पक्षबीच सुरूमा भनाभन भयो। त्यसपछि हानाहान भयो,’ थापाले भने,‘बाहिर लाइनमा बसेका मान्छेहरू भित्र छिर्न खोजे त्यही बेलामा झडप भयो। प्रहरीले हवाई फायर गर्‍यो।’भीड अहिले नियन्त्रणमा आउने क्रममा रहेको उनले बताए।

‘अहिले नियन्त्रणमा आएको छ। अहिले निर्वाचन पुन: सुरू हुने अवस्थामा छ,’ उनले भने।

झडप हुँदा दुई जना घाइते समेत भएको उनले बताए। एक जना नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार भरत थापा घाइते छन्।

यस्तै, अर्की एक जना सीता देवी थापा पनि घाइते छिन्। उनी कुन पार्टीकी हुन् भन्ने खुलेको छैन।

यहाँ गत वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विवाद भएपछि पुन: निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो।बुढीगंगामा नेपाली कांग्रेस र नेकपा एमालेबाट मेयर तथा उपमेयरका उम्मेदवार छन्।

कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्। उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन्। मतदानका लागि १० मतदानस्थल र १९ केन्द्र छन्। मतदान सकिएपछि मतपेटिका संकलन गर्ने र सकेसम्म आजैदेखि मतगणना सुरू गर्ने तयारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij