२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

दशैंमा आपूर्ति सहज बनाउन तातोपानी नाका तीन दिन खुल्ने

आइतवार, कार्तिक २ २०८३१०:१५

काठमाडौं । चीनसँगको तातोपानी नाका आजदेखि तीन दिनका लागि सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नाका कात्तिक ३ गतेसम्म खुला रहनेछ।

दशैंका समयमा आवश्यक वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले नाका अस्थायी रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।

मन्त्रालयका अनुसार नाकाबाट मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ।

चाडपर्वका बेला आवश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारले गरेको पहलस्वरूप नाका अस्थायी रूपमा खुलाउन लागिएको हो। यसबाट नेपाल–चीन व्यापारिक आवागमन सहजीकरण हुनुका साथै बजारमा आवश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij