२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

इरानविरुद्ध परमाणु हतियार प्रयोग गर्दैनौँ : ट्रम्प, स्थल सेना पठाउने सम्भावना पनि अस्वीकार

शुक्रवार, आश्विन ३० २०८३११:४७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध परमाणु हतियार प्रयोग नगर्ने स्पष्ट पारेका छन्। उनले इरानी भूमिमा अमेरिकी स्थल सेना तैनाथ गर्ने सम्भावनालाई पनि अस्वीकार गरेका छन्।

न्यूजम्याक्सलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले परमाणु हतियार प्रयोग गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका हुन्।

‘म परमाणु हतियारको प्रयोग गर्ने छैन। हामीलाई त्यसो गर्नु पर्ने कुनै आवश्यकता नै छैन,’ उनले भने।

अन्तर्वार्ताका क्रममा ट्रम्पले ‘मदर अफ अल बम’ को पनि उल्लेख गरेका छन्। सीएनएनको एक रिपोर्टअनुसार इरानमाथि हुन सक्ने सम्भावित आक्रमणका लागि अत्यन्त शक्तिशाली गैरपरमाणु बम प्रयोग गर्ने विकल्पबारे विचार गर्न सकिनेछ।

ट्रम्पले उक्त बमलाई परमाणु हतियार नभएको उल्लेख गर्दै भने, ‘यो एउटा धेरै ठूलो बम हो, तर परमाणु बम भने होइन।’

यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकाले परमाणु निशस्त्रीकरणको विषयमा रुस र चीनसँग वार्ता गरिरहेको जानकारी दिएका छन्। उनको यो भनाइ अन्तर्राष्ट्रिय स्तरमा परमाणु हतियार नियन्त्रण र सुरक्षा सम्बन्धी छलफल भइरहेका बेला आएको हो।

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा इरानसँगको तनाव र सम्भावित युद्धको विषय पनि राजनीतिक बहसको केन्द्रमा छ। हालैका जनमत सर्वेक्षणहरूमा इरानसँगको तनावका कारण ट्रम्पको लोकप्रियता घटेको देखिएको विवरण सार्वजनिक भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij