२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

गुन्डुको पहिरो जोडेर मविरुद्ध कपोकल्पित प्रचार भयो : सांसद खत्री

शुक्रवार, आश्विन ३० २०८३१२:००

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको गुन्डुमा गएको पहिरोसँग जोडेर आफूविरुद्ध अनर्गल तथा कपोकल्पित प्रचार गरिएको बताएका छन्।

शुक्रबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित दसैँ विशेष स्मारिका विमोचन कार्यक्रममा सम्बोधन गर्दै सांसद खत्रीले जिल्लाका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेततर्फ संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।

आफू निर्वाचित हुनुभन्दा धेरै अघि नै गुन्डुमा पहिरो गएको उल्लेख गर्दै खत्रीले त्यसको दोष आफूलाई दिनु उचित नभएको बताए।

‘अस्ति एकजना हाम्रै पूर्वमन्त्री भइसक्नुभएको व्यक्तिले मेरो नाम जोडेर पहिरोको कुरा गरिरहनुभयो। म आएपछि गुन्डुको पहिरो आएको हो र? त्यो पहिरो आएको १०–१२ वर्ष भइसकेको छ,’ उनले भने।

खत्रीले पहिरो गएको लामो समयसम्म दिगो विकास र नियन्त्रणका काम नगरिएका कारण अहिले राज्यको ठूलो धनराशि खर्च भइरहेको टिप्पणी गरे। समयमै पहिरो नियन्त्रण तथा रोकथामका उपाय अपनाइएको भए अहिले राज्यले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो।

उनले विगतमा दिगो विकासका कामलाई प्राथमिकता नदिइएकै कारण अहिले पहिरो नियन्त्रणमा समस्या देखिएको उल्लेख गर्दै त्यसको जिम्मेवारी विगतमा काम गर्ने पक्षले लिनुपर्ने आशय व्यक्त गरे।

सांसद खत्रीले करिब १० वर्षअघि गएको उक्त पहिरो नियन्त्रणको काम यस वर्ष वर्षायाम सुरु हुनुअघि नै गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij