२०८३, कार्तिक ३ गते

सोमवार, कार्तिक ३ गते २०८३

आज महागौरी देवीको पूजा आराधना गरिँदै

आइतवार, कार्तिक २ २०८३०७:०२

बडादसैँ एवं नवरात्रको आठौँ दिन आज महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ।

पुराणअनुसार, कठोर तपस्याबाट गोरो वर्ण प्राप्त गरेपछि देवीको नाम महागौरी रहन गएको हो। सेतो वृषभमा सवार, श्वेतवस्त्र धारण गरेकी महागौरीलाई शान्ति, पवित्रता र शक्तिकी प्रतीकका रूपमा पूजा गरिन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर शैलपुत्रीबाट सुरु गरिएको नवदुर्गाको पूजा क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रिको पूजा गर्दै आज महागौरीसम्म आइपुगेको हो। भोलि नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ।

नवरात्रका अवसरमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यस अवधिमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij