२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

बालेनको कांग्रेस महाधिवेशनप्रति व्यंग्यपछि राजनीतिक संस्कारमाथि बहस

सोमवार, आश्विन १९ २०८३०९:४९

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेपछि राजनीतिक संस्कार र मर्यादालाई लिएर बहस चर्किएको छ।

काठमाडौँको खुलामञ्चमा आइतबार आयोजित कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति गगन थापाले प्रधानमन्त्री उपस्थित नभएसम्म संसद् खुलेको मान्न नसकिने टिप्पणी गरेका थिए।

त्यसको केही घण्टापछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा व्यंग्य गर्दै लेखे, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा राजनीतिक नेतृत्वमा आवश्यक पर्ने न्यूनतम मर्यादा र संस्कारकै विषयमा प्रश्न उठ्न थालेका छन्। कतिपयले प्रधानमन्त्रीजस्तो संवैधानिक जिम्मेवारीमा रहेको व्यक्तिबाट दलगत कार्यक्रममा लक्षित व्यंग्य र कटाक्ष अपेक्षित नभएको टिप्पणी गरेका छन्।

यसैबीच, जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेका शाहप्रति जेनजी अभियन्ता रक्षा बमले समेत आक्रोश व्यक्त गरेकी छन्। उनले आइतबार फेसबुकमार्फत लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’

त्यस्तै, तत्कालीन ओली सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा गृहमन्त्री बनेका ओमप्रकाश अर्यालले पनि सोमबार बिहानै सामाजिक सञ्जालमार्फत राजनीतिक संस्कृति र संवैधानिक मर्यादाको प्रश्न उठाएका छन्।

अर्यालले लेखेका छन्, ‘संवैधानिक लोकतन्त्र; संवैधानिक संस्कृति, राजनीतिक संस्कृति (संस्कार), दलीय संस्कृतिको जगेर्ना होस्। अल्गोरिदम निर्देशित राजकीय अराजकताले नेपाल राष्ट्र (मातृभूमि) लाई योभन्दा बढी क्षति गर्न नसकोस्। दिशाबोध होस्, तत्वबोध होस्, राष्ट्रको हित होस्।’

प्रधानमन्त्रीको अभिव्यक्ति, जेनजी अभियन्ताको प्रतिवाद र पूर्वगृहमन्त्री अर्यालको राजनीतिक संस्कारप्रतिको टिप्पणीसँगै पछिल्लो घटनाले नेपालको नयाँ राजनीतिक नेतृत्वमा राजनीतिक मर्यादा, संस्कार र जिम्मेवारीबोध कति कायम छ भन्ने प्रश्नलाई पुनः सतहमा ल्याएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij