२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

बाढीपहिरोपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो

बुधवार, भाद्र १० २०८३१०:५०

रसुवामा ठूलो बाढीपहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार काठमाडौं–रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो।

बाढीपहिरोका कारण सडक तथा यातायातमा जोखिम बढेकाले सम्भावित दुर्घटना र क्षति रोक्न ती जिल्लातर्फ जाने सवारीसाधनलाई तत्कालका लागि काठमाडौंमै रोकिएको प्रहरीले जनाएको छ।

बाढीपहिरोको अवस्था सामान्य भएपछि मात्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाइने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij