२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

नेपालको पूर्णायु आर्युवेद अस्पताललाई बंगलादेशमा ‘ग्लोबल एक्सिलेन्स हेल्थकेयर एण्ड आयुर्वेदिक लिडरशिप अनर'

मंगलवार, आषाढ २ २०८३०६:१२

ढाका - काठमाडौंस्थित पूर्णायु आयुर्वेद अस्पतालले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। बंगलादेशको ढाकामा आयोजित ‘ग्लोबल एक्सिलेन्स हेल्थकेयर एण्ड आयुर्वेदिक लिडरशिप अनर २०२६’ बाट सम्मानित हुँदै पूर्णायुले नेपाली आयुर्वेद क्षेत्रको प्रतिष्ठा विश्वमाझ उँचो बनाएको हो। 

ढाकास्थित आइडिया एक्सचेन्जद्वारा आयोजित तेस्रो ग्लोबल एक्सिलेन्स अनर एण्ड ब्यूटिसियन, आर्ट एण्ड बिजनेस कन्फरेन्स–२०२६ मा पूर्णायु आयुर्वेद अस्पताललाई आयुर्वेदिक स्वास्थ्य सेवामा पुर्‍याएको उल्लेखनीय योगदान, अन्तर्राष्ट्रिय प्रभाव, जनविश्वास तथा सेवाको उत्कृष्टताका आधारमा सम्मान प्रदान गरिएको हो।

उक्त अवार्ड अस्पतालका अध्यक्ष एवं युवा सामाजिक अभियान्ता प्रल्हाद चौहानलाई ढाकाका विशिष्ठ व्यक्तित्वहरुले प्रदान गरेका थिए । 

सम्मानपत्रमा पूर्णायुलाई नेपालको अग्रणी आयुर्वेदिक स्वास्थ्य संस्थामध्ये एकका रूपमा उल्लेख गरिएको छ। अस्पतालले वर्षौंदेखि बिरामी–केन्द्रित सेवा, शुद्ध आयुर्वेदिक उपचार पद्धति, अनुभवी चिकित्सक टोली र समग्र स्वास्थ्य प्रवर्द्धनमा खेलेको भूमिकाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वास आर्जन गरेको जनाइएको छ।

विशेषगरी दीर्घरोग, जटिल स्वास्थ्य समस्या तथा जीवनशैलीसँग सम्बन्धित रोगहरूको व्यवस्थापनमा पूर्णायुले प्रभावकारी सेवा दिँदै आएको छ। नेपालका विभिन्न जिल्लासँगै विदेशबाट समेत उपचारका लागि आउने बिरामीहरूको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ।

आयुर्वेदलाई आधुनिक स्वास्थ्य चेतनासँग जोड्दै उपचार, अनुसन्धान र जनचेतनामूलक गतिविधिमा सक्रिय पूर्णायुले पछिल्ला वर्षहरूमा नेपाली आयुर्वेद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। यही योगदानको कदरस्वरूप प्राप्त अन्तर्राष्ट्रिय सम्मानले नेपालको परम्परागत चिकित्सा प्रणालीप्रति विश्व समुदायको बढ्दो आकर्षणलाई समेत उजागर गरेको छ।

अस्पताल व्यवस्थापनले उक्त सम्मानलाई सम्पूर्ण नेपाली आयुर्वेद क्षेत्र, चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूको साझा उपलब्धि भएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय, विश्वसनीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

पूर्णायु आयुर्वेद अस्पतालले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले नेपालमा विकसित हुँदै गएको आयुर्वेदिक स्वास्थ्य सेवाको विश्वव्यापी स्वीकार्यता र सम्भावनालाई थप बलियो बनाएको विश्लेषण गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij