वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन्।
विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत रसेललाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो।
विश्वका दर्जनभन्दा बढी फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका रसेलले वेस्ट इन्डिजबाट १४३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले ८६ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन्।
आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनले टोली थप बलियो बन्ने अपेक्षा विराटनगर किङ्सले गरेको छ। उनको अनुभव र अलराउन्ड प्रदर्शनले तेस्रो संस्करणको एनपीएलमा विराटनगरलाई फाइदा पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस