२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

बेल्टारमा भीषण आगलागी: दुई घर जले, दुई जनाको शव फेला

मंगलवार, बैशाख ८ २०८३०८:०१

 जिल्लाको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा मंगलबार बिहान करिब २ः३० बजे भएको भीषण आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनास्थलबाट दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्टका कारण आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट स्थानीय लक्ष्मी खड्का र रविन कुमार दासको घर पूर्ण रूपमा ध्वस्त भएको छ।

लक्ष्मी खडकाको घरमा पुस्तक पसलको गोदाम समेत रहेकाले घटनामा ठूलो क्षति भएको अनुमान गरिएको छ।

आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल खटिएका थिए।नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij