हर्क साङपाङले दोस्रो पटक जनताबाट अनुमोदन पाएकोमा खुशी व्यक्त गर्दै आफूले गर्ने काम र जनताको आवाज उठाउने प्रतिवद्धता दोहोर्याएका छन्।
धरान उपमहानगरपालिकाका मेयरका रूपमा विगतमा गरेका कामको निरन्तरता र संघीय संसदबाट गर्न सकिने काममा आफू दृढताका साथ लाग्ने उनले बताए। कार्यक्रममा सम्बोधन गर्दै साङपाङले भने, “जनताको अनुमोदनलाई मैले आफ्नो कामको मूल्यांकनको रूपमा लिएको छु। दुई पटक अनुमोदन पाउनु ठूलो कुरा हो। अब पनि म विगतमा गरेका कामको निरन्तरता कायम राख्दै संसद्मा तपाईंहरूको आवाज उठाउनेछु।
साङपाङले देशलाई नयाँ दिशामा लैजान पुराना नीति तथा कानून सुधार्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “अब जनअपेक्षाअनुसार देश बदल्नु छ। तपाईंहरूले दिनुभएको मतको उच्च सम्मान गर्दै काम गरेरै देखाउने प्रतिवद्धता जनाउँछु।
सांसद साङपाङले जनतासँग सिधा सम्पर्कमा रहिरहने र कुनै गुनासो वा सुझाव भए फोन गरेर जानकारी दिन सक्ने व्यवस्था रहने पनि बताएका छन्। उनले भने, “म तपाईंहरूसँग सँधै सँगै रहनेछु। कार्यस्थल ठूलो भए तापनि सम्पर्कमा आउन नसकेमा मलाई फोन गरेर खबरदारी गर्नुहोस्।
प्रतिक्रिया दिनुहोस