बारा । बाराको परवानीपुरमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा परवानीपुर गाउँपालिका–५, नौतनकी १० वर्षीया सम्झना कुमारी साह रहेकी छन्।
प्रहरीका अनुसार आइतबार राति घरमा सुतिरहेको अवस्थामा करिब १२ बजे बालिकालाई सर्पले डसेको थियो। घटनालगत्तै उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालको सर्पदंश उपचार केन्द्र लगिएको थियो।
अस्पताल पुर्याउँदा बालिकाको मृत्यु भइसकेको थियो। चिकित्सकले राति १२:३० बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस