२०८३, कार्तिक ३ गते

सोमवार, कार्तिक ३ गते २०८३

रुस–युक्रेन शान्ति वार्ताका लागि रुसमाथिका केही प्रतिबन्ध ६० दिन स्थगित

सोमवार, कार्तिक ३ २०८३१०:५६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता जारी राख्ने उद्देश्यले रुसमाथिका केही प्रतिबन्ध ६० दिनका लागि स्थगित गरिएको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसलाई वार्ताबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका हुन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार प्रतिबन्ध स्थगनको अवधि ६० दिन रहेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसको पक्ष लिनु अमेरिकाका लागि ऐतिहासिक गल्ती हुने बताएका छन्। रुसी तेल तथा डिजेलको कारोबारले रुसको युद्ध अभियानलाई सहयोग पुग्ने भन्दै उनले अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

सन् २०२२ फेब्रुअरीदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास भइरहेका बेला अमेरिकाको पछिल्लो निर्णयले वासिङ्टन र किएभबीचको सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij