२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

डी सिने अवार्डको १७ औँ संस्करण सम्पन्न

शनिवार, जेठ २३ २०८३०८:१९

छायाँछवी क्रिएसनको आयोजनामा ‘डी सिने अवार्ड’को १७औँ संस्करण सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा तथा चलचित्रकर्मीलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।

यस वर्षको अवार्ड समारोहमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई रजत सम्मान प्रदान गरिएको थियो । त्यसैगरी, रेखा फिल्म्स छायाँछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का सम्मानित हुनुभयो ।

विसं २०८१ सालमा प्रदर्शनमा आएका नेपाली चलचित्रका आधारमा प्रदान गरिएको अवार्डमा चलचित्र ‘अञ्जिला’ उत्कृष्ट चलचित्र घोषित भयो । सोही चलचित्रका निर्देशक मिलन चाम्स उत्कृष्ट निर्देशक बन्न सफल हुनुभयो ।

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का लागि विजय बराल उत्कृष्ट अभिनेता घोषित हुँदा ‘बेहुली फ्रम मेघौली’की स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नुभयो । ‘कार्साङ’का जीतु नेपाल उत्कृष्ट सहअभिनेता तथा ‘तेल भिसा’की ऋचा घिमिरे उत्कृष्ट सह अभिनेत्री चुनिनुभयो ।

त्यस्तै, ‘एक्टर टेक वान’का राजबल्लभ कोइरालाले उत्कृष्ट चरित्र अभिनय तथा अष्ट महर्जनले उत्कृष्ट द्वन्द्व निर्देशनतर्फ अवार्ड प्राप्त गर्नुभयो । ‘ह्स्व दीर्घ’का चन्द्र पन्त उत्कृष्ट नव निर्देशक घोषित हुनुभयो भने ‘सतिदेवी’का लक्ष्मण सुवेदी उत्कृष्ट लेखकको अवार्ड हात पार्नुभयो ।

प्राविधिकतर्फ ‘पिताम्बर’का पुरुषोत्तम प्रधान उत्कृष्ट छायांकार र वन्दे प्रसाद उत्कृष्ट सम्पादक घोषित हुनुभयो । ‘खुश्मा’ चलचित्रको गीत ‘रुकुम मैकोट’का लागि सुरेन्द्र रानाले उत्कृष्ट गीतकारको अवार्ड जित्नुभयो भने ‘ज्वाइँ साब’को गीत ‘कसम बत्तिको’का लागि अर्जुन पोखरेल उत्कृष्ट संगीतकार घोषित हुनुभयो ।

संगीततर्फ ‘छक्का पञ्जा-५’को चर्चित गीत ‘बिहे भाको छैन’का लागि सविन सुवेदी उत्कृष्ट गायक तथा बेनीशा पौडेल उत्कृष्ट गायिका बन्नुभयो । ‘दुखी आत्मा’ चलचित्रको गीत ‘जुनिजुनि भरिलाई’का लागि रामजी लामीछाने उत्कृष्ट नृत्य निर्देशक चुनिनुभयो ।

यसैगरी, ‘पिताम्बर’का लागि कृषा चौलागाईले उत्कृष्ट जुरी अवार्ड प्राप्त गर्नुभयो भने ‘तेलभिसा’का निर्देशक शंकर घिमिरे उत्कृष्ट डायोस्पोरा चलचित्रतर्फ सम्मानित हुनुभयो ।

डी सिने अवार्ड नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार तथा प्राविधिकको योगदानको कदर गर्दै हरेक वर्ष प्रदान गरिँदै आएको अध्यक्ष शान्तिप्रियले बताउनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij