२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

ढोरपाटनमा दादुराको संक्रमणः ६७ जना निको भएर घर फर्किए, २० उपचाररत

मंगलवार, चैत्र ३ २०८२०३:४२

फागुन महिनाको पहिलो सातादेखीदेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीमध्ये हालसम्म ६७ जना घर फर्किसकेका छन् भने २० जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा बिरामी राखेर उपचार भइरहेको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार, बुर्तिबाङ अस्पतालमा १६ र बोबाङ स्वास्थ्य चौकीमा चार गरी २० बिरामी उपचाररत छन्।

काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गर्दा सात जनामा दादुरा संक्रमण पुष्टि भएपछि ती बिरामीलाई युद्धस्तरमा खोजी गरी उपचार थालिएको थियो। दादुराबाट बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँ प्रभावित भएका थिए।

यसैबीच, जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीका अनुसार नगरपालिकाका सबै वडाका १०–१९ वर्ष उमेर समूहका ५,७६७ किशोरकिशोरीलाई दादुराविरुद्धको खोप लगाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij