फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेसँगै चर्चित गायक प्रकाश सपुत संसद् प्रवेश गर्ने चर्चा चलेको थियो। चुनावअघि पार्टी प्रवेश गरेका उनले समानुपातिकतर्फ दलित क्लस्टरको दोस्रो नम्बरमा नाम राखेका थिए।
तर संविधानले तोकेको कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्थाका कारण अन्तिम सूची तयार गर्दा केही पुरुष उम्मेदवार हटाउनुपरेको थियो। यही क्रममा सपुतको नाम अन्तिम समानुपातिक सूचीमा नपरेपछि यसपटक उनको सांसद बन्ने सम्भावना समाप्त भएको हो।
पार्टीलाई जिताउन चुनावी प्रचारमा सक्रिय रूपमा सहभागी भएका सपुत सांसद बन्ने अपेक्षामा थिए। तर सूचीबाट नाम हटेपछि उनको संसद् यात्रा टुंगिएको छ।
यसबीच कलाकारितामा केही समय सुस्ताएका सपुत अहिले पुनः संगीत क्षेत्रमा फर्किएका छन्। उनले आगामी महिनामा आयरल्यान्डमा हुने कन्सर्टमा सहभागिता जनाउने तयारी गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस