२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, चालकको मृत्यु, दुई घाइते

शुक्रवार, आश्विन ३० २०८३०४:३९

सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार दिउँसो भएको दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ आउँदै गरेको बीआर ०६ बीए एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका–४ का शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij