२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

लगातार सातौँ दिन बढ्यो सेयर बजार, नेप्से २६३४ अंकमा

शुक्रवार, आश्विन ३० २०८३०३:४९

काठमाडौं । सेयर बजारमा लगातार सातौँ कारोबार दिन पनि वृद्धि भएको छ। असोज २२ गतेयता हरेक कारोबार दिन बढिरहेको बजार परिसूचक नेप्से शुक्रबार ८.२३ अंकले बढेर २६३४ अंकमा कायम भएको छ।

लगातार सात दिन बजार बढे पनि यस अवधिमा नेप्सेमा कुल ६२ अंकको मात्रै वृद्धि भएको छ। अघिल्लो कारोबार दिन नेप्से ४.५६ अंकले बढेको थियो।

शुक्रबार कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन ४ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। यस दिन १७४ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

बजार वृद्धिमा बैंकिङ समूहको योगदान उच्च देखिएको छ। लगानीकर्ताको आकर्षण बैंकिङ क्षेत्रमा कायम रहँदा उक्त समूह सबैभन्दा धेरै ०.७२ प्रतिशतले बढेको छ।

त्यस्तै, विकास बैंक समूह ०.४२, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५२, जीवन बीमा ०.०६, उत्पादन तथा प्रशोधन ०.१५ र लघुवित्त समूह ०.५३ प्रतिशतले बढेका छन्।

यसको विपरीत व्यापार समूह ०.५४, अन्य समूह ०.२९, निर्जीवन बीमा ०.१४, लगानी समूह ०.०८ र वित्त समूह ०.२५ प्रतिशतले घटेका छन्।

शुक्रबार चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.८२ प्रतिशतले बढेको छ। बेनी हाइड्रोपावरको १२.४६, शुभम् पावरको ८.५८, एभरेस्ट कलरको ७.४७, स्वाभिमान लघुवित्तको ५.७३ र एसियन हाइड्रोपावरको ४.३३ प्रतिशतले मूल्य बढेको छ।

यता, हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य ४.९८ प्रतिशतले घटेको छ। नेपाल रिइन्स्योरेन्सको ३.१६, मञ्जुश्री फाइनान्सको ३ र याम्बलिङ हाइड्रोपावरको २.८१ प्रतिशतले मूल्य घटेको छ।

शुक्रबार कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्रिन भेन्चर्स, कुमारी बैंक, अपी पावर, हिमालयन डिस्टिलरी र सानिमा मिडिल तमोर क्रमशः अगाडि रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij