२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

एमाले सचिव महेश बस्नेत अतिथि बनेपछि ‘कमेडी नाइट’बाट होन्डाले हात झिक्यो

शनिवार, फाल्गुण २३ २०८२०५:३१

विशाल भण्डारीले निर्देशन गरेको टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन’ मा एमाले सचिव महेश बस्नेतलाई अतिथि बनाइएपछि कार्यक्रमको सह–प्रायोजक होन्डा कम्पनीले हात झिकेको छ।

कार्यक्रममा बस्नेतलाई बोलाइएपछि होन्डाले यसबारे चासो व्यक्त गर्दै उक्त एपिसोड प्रसारण नगर्न आग्रह गरेको बताइएको छ। तर कार्यक्रम प्रसारण भएपछि होन्डाले कार्यक्रमसँगको सम्झौता तोड्दै सह–प्रायोजनबाट बाहिरिएको स्रोतले जनाएको छ।

नेपाली टेलिभिजन कार्यक्रमको इतिहासमा प्रायोजकले यसरी कार्यक्रम छाडेको घटना दुर्लभ मानिएको छ।

कार्यक्रमका निर्देशक विशाल भण्डारीले भने आफूहरूले कुनै पनि अतिथिलाई उनको दल वा राजनीतिक विचारका आधारमा होइन, व्यक्तित्वका आधारमा बोलाउने गरेको दाबी गरेका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij