चलचित्र ‘पच्चीस पच्चीस’को छायांकन बुधबारदेखि सुरु भएको छ। चलचित्रको शुभमुहूर्त गर्दै निर्माण टोलीले छायांकन कार्य अघि बढाएको हो।
निर्देशक सुव्रत आचार्यका अनुसार चलचित्रको छायांकन ४० दिनको कार्यतालिका बनाएर सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
चलचित्रमा अविषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला र प्रमोद अग्रहरीलगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रको कथा सुव्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। यसको छायांकन निर्देशन हरि हुमागाईंले गर्नेछन्।
प्रतिक्रिया दिनुहोस