२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १८ देखि खुल्ने, सर्वसाधारणले १० हजार कित्तासम्म आवेदन दिन पाउने

बुधवार, मंसिर १० २०८३१०:१७

हिम पर्वत हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि बाँकी रहेको ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको ३४ लाख ६४ हजार ५०० कित्ता सेयर जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो।

कुल निष्काशित सेयरमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।

त्यस्तै, २ लाख ११ हजार २५० कित्ता सामूहिक लगानी कोष र १ लाख २६ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि निष्काशन गरिएको थियो।

सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति मंसिर २३ गते तोकिएको छ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा पुस ३ गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij