२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ महिला पक्राउ

बुधवार, मंसिर १० २०८३१०:१५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजस्तो देखिने पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन्।

हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत मंगलबार राति नेपाल आएका उनीहरूलाई विमानस्थलबाटै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार पक्राउ परेका महिलाहरूले मलद्वार तथा भित्री वस्त्रमा लुकाएर सुनजस्तो देखिने पदार्थ ल्याएका थिए।

बरामद पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij