२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

कांग्रेसभित्र गगनको कडा कदम : कित्ता स्पष्ट गर्न जनप्रतिनिधिलाई निर्देशन

मंगलवार, मंसिर ९ २०८३०५:०१

काठमाडौँ – कांग्रेस सभापति गगन थापाले पार्टीबाट निर्वाचित भएर सांसद तथा जनप्रतिनिधि रहेकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

देउवा पक्षले मंसिरको अन्तिममा १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाइरहेका बेला सभापित थापाले पार्टीबाट चुनिएकाहरुलाई कित्ता क्लिएर गर्न भनेका हुन्।

कांग्रेसबाट चुनिएका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला, लुम्बिनी प्रदेशसभा सदस्य सरोथा थापा (रोज राणा)सहित प्रदेशसभाका सांसद तथा स्थानीय तहका जनप्रतिनिधहरु देउवा पक्षको गतिविधिमा संलग्न रहँदै आएका छन्। थापा देउवा पक्षको लुम्बिनी प्रदेशको सभापति चयन भएका छन्।

उनले कांग्रेसको आधिकारिकता आफूहरुले पाइसकेको अवस्थामा अर्को पक्षमा लाग्नेहरुलाई दल त्याग आकर्षित हुने चेतावनी दिएका हुन्।

‘पार्टीको एउटा सिमा हुन्छ। हामी पार्टी भित्रकै हामी आन्तरिक समस्यामा थियौँ। तर अब पार्टीको सदस्यता छाडेर अर्को पार्टीको सदस्यता लिने हो भने चाहिँ त्यसले समस्या गर्छ, थापाले अगाडि भने,

‘अहिले समयमै विचार गर्नुहोला, पार्टीको सदस्यता कायम राख्ने अब बाटो खुल्ला छ। पार्टीको सदस्यता कायम नराख्ने हो भने त्यो तपाईंहरूको चोइस हो। तपाईंहरूले यसलाई अब प्रस्ट बनाउनुपर्छ। तपाईंले प्रस्ट नबनाए विधानले यो विषयलाई प्रस्ट बनाउँछ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij