२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जाहेरी

मंगलवार, मंसिर ९ २०८३०४:५४

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।

वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत जाहेरी पठाएका हुन्।

जाहेरीमा बेनसहितका व्यक्तिले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइलबाट प्रमाण मेटाएको र अनुसन्धान प्रभावित पारेको आरोप लगाइएको छ। उक्त मोबाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै बेनको घरसम्म पुर्‍याइएको दाबी गर्दै वलीले त्यससम्बन्धी प्रमाणसमेत पेस गरेको बताएका छन्।

त्यस्तै, प्रधानमन्त्रीको सचिवालयका विशाल अधिकारी र चिराग श्रेष्ठ तथा गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीमाथि समेत अनुसन्धान गर्न जाहेरीमा माग गरिएको छ।

यसअघि सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराउन जाँदा प्रहरीले अस्वीकार गरेपछि हुलाकमार्फत जाहेरी पठाएको वलीले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij