२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, मुख्य प्रतियोगिता मङ्सिर ८ देखि

आइतवार, मंसिर ७ २०८३०६:१४

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) सम्पन्न भएसँगै नेपाली खेलकुदको ध्यान अब राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको उल्लेख गर्दै उनले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।

मन्त्री पोखरेलका अनुसार प्रतियोगिताका मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि सुरु हुनेछन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ।

उनले एनपीएलले नेपाली खेलकुदमा सिर्जना गरेको ऊर्जा, व्यावसायिकता र उत्साहलाई राष्ट्रिय खेलकुदमा समेत निरन्तरता दिने बताए। राष्ट्रिय खेलकुदलाई खेलाडीको प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा विकास गर्दै यसलाई थप आकर्षक र प्रभावकारी बनाउने सरकारको तयारी रहेको उनको भनाइ छ।

हरेक दुई वर्षमा आयोजना गर्ने उद्देश्यसहित वि.सं. २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म नौवटा संस्करण मात्रै सम्पन्न हुनुलाई मन्त्री पोखरेलले दुःखद पक्षका रूपमा उल्लेख गरे। विगतमा देखिएका अनियमितता, ढिलासुस्ती र विभिन्न अवरोध अन्त्य गर्दै प्रतियोगितालाई नियमित बनाउने उनले प्रतिबद्धता जनाए।

नेपाली खेलकुदलाई बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक बनाउन खेलाडी, खेलप्रेमी तथा सम्पूर्ण सरोकारवालाको साथ र सहकार्य आवश्यक रहेको मन्त्री पोखरेलले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij