२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

भारत भ्रमणका क्रममा सोमबार मोदीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन

शुक्रवार, मंसिर ५ २०८३०६:३७

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार दुई देशका प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुनेछ।

प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा नयाँ दिल्ली पुग्ने कार्यक्रम छ। सोही दिन साँझ ६ बजे उनले होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम तय गरिएको छ। त्यसपछि उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

राजघाटको कार्यक्रमपछि शाह र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ। त्यसपछि मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच भएका सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम राखिएको छ।

प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यतालिका रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij