२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

जाभा र एन्जिनक्स प्रणालीमा गम्भीर सुरक्षा कमजोरी, साइबर सुरक्षा केन्द्रद्वारा चेतावनी जारी

बिहिवार, मंसिर ४ २०८३०७:२६

जाभा प्रोग्रामिङ भाषा तथा एन्जिनक्स (Nginx) प्रयोग गरी सञ्चालन गरिएका प्रणाली र सर्भरमा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको भन्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सुरक्षा चेतावनी (एड्भाइजरी) जारी गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, सिंहदरबारले बिहीबार (२०८३ मङ्सिर ३ गते) सूचना सङ्ख्या ११४७–११५–०२ मार्फत उक्त चेतावनी जारी गरेको हो।

केन्द्रका अनुसार जाभामा ‘जाभाफोरशेल’ र एन्जिनक्समा ‘एन्जिनक्सटुरुट’ नामका गम्भीर सुरक्षा कमजोरी पहिचान भएका छन्। सन् २०२६ नोभेम्बरमा सार्वजनिक भएका यी कमजोरीका कारण जाभा सञ्चालन वातावरण, विकास उपकरण तथा एन्जिनक्स वेब सर्भर प्रभावित हुन सक्ने जनाइएको छ।

यी कमजोरीको दुरुपयोग भएमा सम्बन्धित प्रणाली तथा सर्भरमा अनधिकृत पहुँच प्राप्त हुने, सेवा अवरुद्ध हुने तथा प्रणालीमाथि पूर्ण नियन्त्रण कायम हुन सक्ने उच्च जोखिम रहेको केन्द्रले जनाएको छ।

केन्द्रले सार्वजनिक गरेको प्राविधिक विवरणअनुसार जाभामा देखिएको एउटा गम्भीर त्रुटि तथ्याङ्क रूपान्तरण प्रक्रियासँग सम्बन्धित छ। यस कमजोरीका कारण निश्चित प्रकृतिका यन्त्रमा टाढैबाट अनधिकृत निर्देशन सञ्चालन गर्न वा सम्बन्धित अनुप्रयोग नै ठप्प पार्न सकिने जोखिम रहेको छ।

त्यसैगरी, एन्जिनक्स वेब सर्भरको स्मृति व्यवस्थापनमा पाँचवटा गम्भीर त्रुटि पहिचान भएका छन्। ती कमजोरीको दुरुपयोग गरी आक्रमणकारीले एन्जिनक्सको कार्य प्रक्रियाले प्राप्त गर्ने अधिकारकै आधारमा प्रणालीभित्र अनधिकृत निर्देशन सञ्चालन गर्न सक्ने केन्द्रले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij