भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा राजदूत पाण्डेले राष्ट्रपति मुर्मूसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
उक्त समारोहमा नेपालका राजदूत पाण्डेसँगै ग्रिसका राजदूत जर्जियोस पेटमेजाकिस र स्पेनका राजदूत अल्फ्रेडो मार्टिनेज सेरानोले पनि भारतीय राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए।
प्रतिक्रिया दिनुहोस