२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

सिरहामा ९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित २४ वर्षीय युवक पक्राउ

बिहिवार, मंसिर ४ २०८३१०:२४

सिरहाको गोलबजारबाट प्रहरीले खैरो हेरोइन लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–८, कसहा निवासी २४ वर्षीय पारस यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ गोलबजार नगरपालिका–२ स्थित गागन खोलानजिक पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ५ प ६९६६ नम्बरको टीभीएस मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा यादवको साथबाट ९ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिएका छन्।

प्रहरीले यादवको साथबाट भिभो कम्पनीको एउटा मोबाइलसमेत बरामद गरेको छ।

लागुऔषध, मोटरसाइकल र मोबाइलसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij