२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

मधेस प्रदेशमा ५० अर्बभन्दा बढी बजेट विनियोजन गरिएको छ : मन्त्री लम्साल

बिहिवार, मंसिर ४ २०८३०८:०३

जनकपुरधाम । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले विगत १० वर्षको तुलनामा मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन गरेको बताएका छन् ।

बुधबार जनकपुरधाममा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडकको विकास र निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए ।

उनले चालु आर्थिक वर्षमा मधेस प्रदेशको विकासका लागि एकमुष्ट रूपमा उल्लेख्य बजेट विनियोजन गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको विकास बजेट क्रमशः वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री लम्सालले खानेपानी तथा पूर्वाधार निर्माणका क्षेत्रमा समेत पर्याप्त बजेट छुट्याइएको बताउँदै सरकारले मधेस प्रदेशलाई विकासको प्राथमिकतामा राखेको दाबी गरे ।

मधेस प्रदेशमा श्रमिकको सङ्ख्या बढी रहेकाले उनीहरूलाई न्यायोचित पारिश्रमिक उपलब्ध गराउने उद्देश्यले दैनिक ज्यालासमेत वृद्धि गरिएको उनले बताए ।

उनका अनुसार सडक सञ्जाल विस्तार, आधारभूत पूर्वाधार निर्माण तथा प्रदेशको समग्र विकासलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij