२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

पोखराको लेकसाइडमा ग्याङफाइट गर्ने पाँच जना पक्राउ

बिहिवार, मंसिर ४ २०८३०७:५८

पोखरा । पोखराको लेकसाइडमा झै–झगडा तथा कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

मंसिर २ गते राति करिब साढे १२ बजे लेकसाइडस्थित स्ट्रिट नम्बर १६ मा झै–झगडा तथा कुटपिट भइरहेको सूचना पाएपछि बैदाम प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले झै–झगडामा संलग्न व्यक्तिहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा उनीहरूले उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ चाउथे निवासी ३० वर्षीय नीरज शर्मा, २८ वर्षीय विराज अधिकारी, २५ वर्षीय टुकबहादुर गुरुङ र २२ वर्षीय मनोज पुन रहेका छन् । त्यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका–४ निवासी २३ वर्षीय सन्दीप थापा पनि पक्राउ परेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij