२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा प्रहरी छापा, ३६ चिनियाँ नागरिक नियन्त्रणमा

मंगलवार, मंसिर २ २०८३०८:१३

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेर ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट केही थान ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले मंगलबार (मंसिर १ गते) रिसोर्टमा छापा मारेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार पाँचखालसँगै धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टमा समेत चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको खुलेको छ।

छापा मार्ने क्रममा ह्वाइट पार्क रिसोर्टका दुईवटा कोठा शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बोलाइएको डीएसपी विष्टले बताए।

नियन्त्रणमा लिइएका ३६ जनामध्ये ३१ पुरुष र पाँच महिला रहेका छन्।

जिल्लाका विभिन्न रिसोर्टमा ठूलो संख्यामा विदेशी नागरिकहरू बस्दै आएको र उनीहरूले सञ्चालन गरिरहेका गतिविधिबारे प्रश्न उठेपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। उनीहरूको नेपाल बसाइको उद्देश्य र शंकास्पद गतिविधिबारे थप अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij