२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मंगलवार, मंसिर २ २०८३०८:११

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरियालाई पक्राउ गरेको हो। उनी काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए।

कार्यालयका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणका खेलमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेका पथरियाको साथबाट प्रहरीले दुई थान मोबाइल बरामद गरेको थियो। ती मोबाइल परीक्षण गर्दा उनले विभिन्न अनलाइन बेटिङ साइटमा लगइन गरी एनपीएलका खेलमा पटक–पटक सट्टेबाजी गरेको खुलेको कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार पथरियाले सट्टेबाजीमार्फत ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ।

पथरियालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij