सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्द जहुर मियाँ रहेका छन्।
आइतबार (कात्तिक २९ गते) साँझ करिब ७ः३० बजे हरिनगर–६ स्थित टपरा अर्नमा घाटमा भक्तजनले साँझको छठ पूजा सम्पन्न गरी घर फर्किएपछि पूजास्थलमा तोडफोड भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटनापछि तोडफोड भएको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको सुनसरी प्रहरीका डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस