२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

कांग्रेसको जिल्ला अधिवेशन पुसको पहिलो साता, प्रदेश अधिवेशन त्यसपछि हुने

आइतवार, कार्तिक ३० २०८३०४:१७

नेपाली कांग्रेसको जिल्ला अधिवेशन आगामी पुसको पहिलो साता हुने भएको छ । पार्टी सभापति गगनकुमार थापाले आइतबार (कात्तिक २९) सर्लाही पुगेर जिल्ला अधिवेशनको मिति सार्वजनिक गरेका हुन् ।

छठ पर्वका अवसरमा सर्लाही पुगेका सभापति थापाले जिल्ला अधिवेशन सम्पन्न भएपछि केही समयको अन्तरालमा प्रदेश अधिवेशन गर्ने तयारी रहेको जानकारी दिए ।

यद्यपि, अधिवेशनको मिति र कार्यतालिकाबारे केन्द्रीय कार्यसमितिको बैठकबाट औपचारिक निर्णय हुन बाँकी रहेको उनले स्पष्ट पारे ।

सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ पुगेका हुन् । उनी पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।

यसैबीच, थापाले आफूले २०६५ सालदेखि काठमाडौंको कमलपोखरीमा छठ पर्व मनाउन सुरु गरेको स्मरण गरे । आइतबार बिहान पर्साको वीरगन्ज पुगेका उनी त्यसपछि सर्लाही आएका हुन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन काठमाडौं फर्किने र बैठकपछि पुनः सर्लाही आउने कार्यक्रम रहेको पनि उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij