२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

जुम्लामा ब्राउन सुगर बिक्री तथा सेवनको आरोपमा चार जना पक्राउ

आइतवार, कार्तिक ३० २०८३०२:३६

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध ब्राउन सुगर बिक्री तथा सेवन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तातोपानी गाउँपालिका–२ का ३१ वर्षीय केशेन्द्र डाँगी, चन्दननाथ नगरपालिका–९ का ३९ वर्षीय टेक कामी, वडा नम्बर–१ का ३० वर्षीय चन्द्र कुलाल र चन्दननाथ नगरपालिका–५ का २८ वर्षीय रोशन रोकाया रहेका छन् ।

जुम्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार उनीहरूलाई शनिबार (कात्तिक २८ गते) पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij