२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

पोखरामा देउसीभैलो खेल्ने क्रममा दुई समूहबीच कुटाकुट, १४ जना पक्राउ

आइतवार, कार्तिक ३० २०८३०१:३७

कास्कीको पोखरामा देउसीभैलो खेल्ने क्रममा दुई समूहबीच झैझगडा तथा कुटपिट भएको घटनामा संलग्न आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।

देउसीभैलो खेल्ने क्रममा भएको झगडा र कुटपिटको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे अनुसन्धान थालेको थियो।

प्रहरीका अनुसार गत कात्तिक २६ गते साँझ पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा देउसीभैलो खेल्ने क्रममा दुई समूहबीच विवाद भएपछि झगडा भएको थियो। उक्त घटनामा एक जना घाइते भएका थिए। घाइतेको फिस्टेल अस्पतालमा उपचार गरिएको र उनी डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा एक महिला र १३ पुरुष गरी १४ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी रामजी देवकोटाले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij