२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

बालेनको सार्वजनिक विरोध गर्नेहरू नै साँझ भेट्न पुग्छन् भन्दै गोकुल बास्कोटाको व्यङ्ग्य

शनिवार, कार्तिक २९ २०८३१२:२९

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सार्वजनिक रूपमा विरोध गर्ने तर भित्रभित्रै उनीसँग भेटघाट गर्ने राजनीतिक पात्रहरूमाथि व्यङ्ग्य गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले बालेनलाई पदबाट हटाउने अभिव्यक्ति दिँदै हिँड्नेहरू नै साँझपख उनको सम्पर्कमा पुग्ने गरेको टिप्पणी गरेका हुन् ।

उनले बिहान बालेनलाई ढाल्ने घोषणा गर्दै चर्को विरोध गर्नेहरू साँझ आरतीपछि ज्वागल पुग्ने गरेको सुन्दा आफू आश्चर्यमा परेको उल्लेख गरेका छन् ।

बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेन ढाल्ने नै हो भनेर घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने रहेछन्।’

सार्वजनिक रूपमा चर्को विरोध गर्ने र गोप्य रूपमा भेटघाट गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै उनले थप लेखेका छन्, ‘डबल स्ट्यान्डर्ड राजनीतिक पात्र हुन् कि जासुस ? सुनेर छक्क परियो।’

बास्कोटाको यो अभिव्यक्तिलाई प्रधानमन्त्री बालेनको विरोध र भित्री भेटघाटबीच देखिएको कथित विरोधाभासमाथिको राजनीतिक व्यङ्ग्यका रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij