२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै दुई जना फरार

सोमवार, कार्तिक २४ २०८३१०:३५

डोल्पा । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय हरिबहादुर बुढा रहेका छन् । बुढालाई धनबहादुरका नामले समेत चिनिने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार दुवै जनालाई आइतबार (कात्तिक २२ गते) त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रंगगाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा फेला पारेर पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार विकलाई १२ वर्ष कैद सजाय तोकिएको थियो । उनले अब १० वर्ष आठ महिना कैद भुक्तान गर्न बाँकी छ । त्यस्तै, बुढालाई पनि १२ वर्ष कैद सजाय तोकिएकोमा नौ वर्ष पाँच महिना कैद भुक्तान गर्न बाँकी रहेको छ ।

गत कात्तिक १४ गते बिहान जिल्ला कारागार डोल्पामा सुरुङ खनेर आठ जना कैदीबन्दी तथा थुनुवा फरार भएका थिए ।

फरार भएकाहरूको खोजी गर्ने क्रममा हालसम्म छ जना पक्राउ परिसकेका छन् । अझै दुई जना थुनुवा फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij