२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

पोल्यान्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, आक्रमणकारीसहित ९ जनाको मृत्यु

आइतवार, कार्तिक २३ २०८३११:०९

पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोको मुख्य बजार क्षेत्र ‘मेन मार्केट स्क्वायर’ मा शनिबार दिउँसो भएको अन्धाधुन्ध गोली प्रहारमा आक्रमणकारीसहित नौ जनाको मृत्यु भएको छ भने १६ जनाभन्दा बढी घाइते भएका छन्।

प्रहरीका अनुसार सैन्य पोसाक र अत्याधुनिक एआर–१५ राइफलसहित आएका २४ वर्षीय युवकले पर्यटकीय आकर्षणको केन्द्र मानिने उक्त क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी गोली चलाएका थिए। घटनास्थलमै छ जनाको मृत्यु भएको थियो। मृतकमध्ये चार महिला र दुई पुरुष छन्। उनीहरूमा पोल्यान्डका नागरिकसँगै एक बेलायती नागरिकसमेत रहेको जनाइएको छ।

घटनामा १६ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये अस्ट्रिया, जर्मनी, पोर्चुगल, रुस र बेलायतका नागरिक तथा दुई प्रहरी अधिकृतसमेत रहेको अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

प्रधानमन्त्री डोनल्ड टस्कले घटनाबारे जानकारी दिँदै क्राकोबाट करिब २०० किलोमिटर टाढा रहेको आक्रमणकारीको घरमा खानतलासी गर्दा परिवारका थप तीन सदस्यको शव फेला परेको बताएका छन्। यससँगै घटनामा मृत्यु हुनेको कुल सङ्ख्या नौ पुगेको छ।

उग्रराष्ट्रवादी तथा दक्षिणपन्थी विचारधाराबाट प्रेरित भएको भनिएका ती संदिग्धलाई प्रहरीसँगको दोहोरो गोली हानाहानपछि नियन्त्रणमा लिइएको थियो। घाइते अवस्थामा रहेका उनको कडा सुरक्षा निगरानीमा अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि क्राको सहरमा नोभेम्बर ११ सम्मका लागि शोक घोषणा गरिएको छ। राजधानी वारसासहित देशका अन्य प्रमुख सहरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij