२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

बारामा खेतको कुलोमा ३० वर्षीय पुरुष मृत फेला, घटनाबारे अनुसन्धान सुरु

शनिवार, कार्तिक २२ २०८३१०:५६

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित पुरानो बस्तीमा शनिबार बिहान एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा स्थानीय ३० वर्षीय वीरेन्द्र माझी रहेका छन् ।

माझीको शव खेतको कुलोमा फेला परेको हो । शव भेटिएको स्थानमा साइकल र झोलासमेत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार ट्याक्टर चालक रहेका माझी शुक्रबार साँझ घरबाट निस्किएका थिए । उनी शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी डुमरवाना र इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थललाई सुरक्षा घेरामा राखेर अनुसन्धान अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij