२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

त्रिविले स्नातकोत्तर तह पहिलो सेमेस्टरको भर्ना तालिका सार्वजनिक गर्‍यो

शुक्रवार, कार्तिक २१ २०८३०४:५३

त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातकोत्तर तह पहिलो सेमेस्टरको भर्ना तालिका सार्वजनिक गरेको छ।

त्रिवि शिक्षाध्यक्षको कार्यालयले सूचना जारी गर्दै मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन सङ्कायका साथै वन विज्ञान, कृषि तथा पशु विज्ञान र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा नयाँ विद्यार्थी भर्नाको कार्यक्रम सार्वजनिक गरेको हो।

सूचनाअनुसार नयाँ भर्नाका लागि इच्छुक विद्यार्थीले मङ्सिर महिनाभित्र आवेदन फाराम वितरण तथा बुझाउन सक्नेछन्। भर्ना प्रक्रिया पूरा भएपछि २०८३ माघ महिनादेखि कक्षा सञ्चालन गरिनेछ।

त्यस्तै, शैक्षिक सत्रको अन्तिम परीक्षा २०८४ जेठ महिनामा सञ्चालन गर्ने र परीक्षाफल २०८४ भदौ महिनामा प्रकाशित गर्ने त्रिविको तालिकामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij